भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी स्थानीय तह स्तरीय एकदिवसीय अन्तरक्रिया कार्यक्रम प्रतापपुरको बेलाटारीमा सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तर्क्रिया कार्यक्रममा भ्रष्टाचारको प्रवृत्ति, प्रकृति र आयोगले दिएको स्थानीय तहसँग सम्बन्धित सुझावबारे सहभागीहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा भ्रष्टाचारजन्य कार्य र सार्वजनिक पद धारण गरेका व्यक्ति तथा राष्ट्र सेवकहरुलाई हुने सजाय भ्रष्टाचार निवारण ऎन २०५९ ले भ्रष्टाचारलाई कसुर मानी गरिने सजायबारे जानकारी गराइएको आयोजकले बताएको छ।

अन्तर्क्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका शाखा अधिकृत मणीराज पौडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार मुक्त समाज निर्माण गर्न लोभलालच त्याग गर्दै कानुनले दिएको अधिकार प्रयोग गर्दै राष्ट्र निर्माण कार्यमा लाग्नुपर्ने धारणा राखे ।

सो अवसरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, उपाध्यक्ष मानकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरी, पालिकाअन्तर्गतका वडा अध्यक्षहरु शाखा प्रमुख र सुरक्षा निकायका स्थानीय युनिट प्रमुखहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

ूभ्रष्टाचारविरुद्धको सहकार्य, सुशासनको लागि अपरिहार्यू भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रमबाट भ्रष्टाचार मुक्त समाज निर्माण गर्न गरिने पहिलो ढोका खोलिएको पनि स्थानीय तहमा चर्चाको विषय बनेको छ।

अन्तर्क्रिया कार्यक्रममै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख पाण्डेले प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई आयोगको ३४औं वार्षिक प्रतिवेदन उल्लेखित पुस्तकलाई हस्तान्तरण गरेका थिए ।