‘चरक’को दुर्व्यवहारप्रति प्रेस संगठनको भत्सर्ना

‘चरक’को दुर्व्यवहारप्रति प्रेस संगठनको भत्सर्ना


नेपाल प्रेस संगठनका सदस्य तथा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनार माथि भएको दुव्र्यवहार र हातपातप्रति प्रेस संगठन नेपाल कास्की शाखाले भत्सर्ना गरेको छ ।

चरक मेमोरियल अस्पतालमा भएको विवादका बारे समाचार संकलनका लागि गएका पत्रकारद्वयलाई अस्पतालका निर्वतमान कार्यकारी अध्यक्ष तथा प्राध्यापक डा. बद्री पौडेलले हातपात र दुर्व्यवहार गरेको तथा क्यामेरा तोडफोड गर्ने प्रयास गरेकाले दोषीलाई कारवाहीको माग गरिएको छ ।

प्रेस संगठनका कास्कीका नेताद्वय माधव बराल र सन्देश श्रेष्ठले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको अभद्र व्यवहार सह्य नभएको र प्रशासनले दोषीलाई कानुन अनुसार कारवाही गरि निर्भिकताका साथ समाचार संकलन गर्ने वातावरण बनाउन विज्ञप्तीमा माग गरिएको छ ।