विराटनगर टेबुलटेनिस कभर्ड हलमा सम्पन्न चौथो पारा टेबुलटेनिस प्रतियोगिताको लेडिज एकल स्ट्यान्डिङतर्फ रिया दाहालले पुनम राजवंशीलाई ११–५, ११–७, १२–१० ले पराजित गर्दै प्रथम स्थान हासिल गरेकी छिन् ।
त्यस्तै, पुरुष एकलमा ह्विलचेयरतर्फ रामकुमार साहनीले सोनु दासलाई ११–४, ११–६, ११–५ ले पराजित गरी प्रथम स्थान हासिल गरे । सोही इभेन्टमा सञ्जय थापा र मजाहिद अन्सारीले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे । पुरुष एकल स्ट्यान्डिङतर्फ ३ पल्टका राष्ट्रिय च्याम्पियन विवेक राईले स्वीकृत न्यौपानेलाई ११–९, ११–५, ११–९ ले पराजित गरी प्रथम स्थान हासिल गरे । सोही इभेन्टमा मोहनकुमार योङ हाङ र दीपक बस्नेत संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे ।
प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले गरे भने समापन तथा पुरस्कार वितरण विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले गरिन् ।
प्रतिक्रिया