रक्सी खाएर कुलोमा लडेपछि…

रक्सी खाएर कुलोमा लडेपछि…


मोरङको सुन्दरहरैँचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादकपदार्थ सेवन गरेर घरनजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो ।

पैनीमा लडेपछि उठ्न नसकेकी लिम्बूको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीचौकी गछियाले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर मंगलबार साँझ घर फर्कंदै गर्दा लडेर पानी बगिरहेको पैनीमा खसेको प्रहरी नायव निरीक्षक रामकाजी कटवालले बताए । शव परीक्षणका लागि उर्लाबारीस्थित मंगलबारे अस्पतालमा राखिएको छ ।