‘खगोल विज्ञानका १०० घण्टा’ कार्यक्रम

‘खगोल विज्ञानका १०० घण्टा’ कार्यक्रम


आजदेखि विश्वव्यापी रुपमा शुरु हुने खगोल विज्ञानका १०० घण्टा कार्यक्रमअन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रम हुने भएको छ ।

सातवटै प्रदेशमा खगोल विज्ञानसँग सम्बन्धित कार्यक्रम गर्न स्वयंसेवी परिचालन गरिएकोे नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

प्रारम्भिक कार्यतालिकाअनुसार प्रदेश नं १ को दमक, प्रदेश नं २ को जनकपुर तथा सिमरा, प्रदेश नं ३ को काठमाडौँ उपत्यका, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको मङ्गलगढी तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष मिसन ‘न्यू होराइजन’ का बारेमा तथा यसको यम तथा भर्खरै भएको ‘अल्टिमा ठुले’ को यात्राको विषयमा २०७५ साल पुस ३० गते सोमबार वसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजमा कार्यक्रम गरिने जनाइएको छ । कार्यक्रममा अमेरिकी संस्था प्लानेटरी साइन्स इन्स्टिच्युटका वरिष्ठ वैज्ञानिक डा हेनरीथुपसँग इन्टरनेटमार्फत विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिने सोसाइटीले जनाएको छ ।