डेढ करोड ठगी गर्ने ढकाल पक्राउ

डेढ करोड ठगी गर्ने ढकाल पक्राउ


महानगरीय अपराध महाशाखाले विदेश पठाइदिने भन्दै एक करोड ५० लाख रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अस्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग एक करोड ५० लाख रुपैयाँ ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु. सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए ।

ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए ।