‘पृथ्वीनारायणको योगदानले हामी नेपाली हुन पाएका हौँ’

‘पृथ्वीनारायणको योगदानले हामी नेपाली हुन पाएका हौँ’


नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदानलाई बिर्सन नहुनेमा वक्ताहरुले जोड दिएका छन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायणको २९७ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेशनल मुभमेण्ट र नागरिक समाजद्वारा यहाँ आज आयोजित कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले पृथ्वीनारायणले बाइसेचौबीसे राज्यलाई एकीकरण गरेकै कारण आज नेपालले नेपाली भनेर गर्व गर्न सकेको धारणा व्यक्त गरे ।

नेशनल मुभमेण्टका अभियानकर्मी पदमराज पाण्डेले विश्वभर वीर गोरखालीको पहिचानले नेपाली चिनिनुको पछाडि पृथ्वीनारायणको देन रहेको बताए । सशस्त्र प्रहरीका पूर्वएआइजी रोहित थापाले पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाल अहिलेको भन्दा विशाल रहेको स्मरण गरे ।