इलामको रोङमा आगलागी

इलामको रोङमा आगलागी


इलाम रोङ गाउँपालिका–१ का हस्तबहादुर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब रु तीन लाख १० हजार मूल्य बराबरका क्षति भएको छ ।

घरको चुलोबाट अचानक आगलागी शुरु भई टिनको छाना र खम्बाले बनेको एकतले कच्ची घरमा आगलागी हुँदा घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन र नगदसमेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका हबल्दार विजय राईले बताए ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।