हामी खोलाका गान– रामेश्वर राउत मातृदास

हामी खोलाका गान– रामेश्वर राउत मातृदास


indreniहामी खोलाका गान
हाम्रो न मान छ न स्वाभिमान,
युगौँदेखि एकनास घन्किरहेका छाँै
हामीलाई विधि चाहियो ! हामीलाई विधान !!
हाम्रो भाग्य र भविष्य सुनिश्चित गर्ने हामै्र रगत–पसिनाको उपार्जन देऊ एउटा संविधान !
।।११।।
वनकरको हातमा सर्वस्व सुम्पेर
उसैसँग हामीले आफ्नो अधिकार माग्यौँ
के प्राप्ति र कुन उपाधिका लागि हो,
हामी सत्य–धर्म–न्याय र विवेकको मार्गबाट धेरै टाढा भाग्यौँ
भन्न सकिन्न उप्रान्त के आउँछ के आउँदैन !
हृदय जागरणको बाँसुरी धुन कसलाई थमाएर
हामी किन शकुनीको सेवामा लाग्यौँ ?
हामी खोलाका गान…
।।२।।
यी असङ्ख्य अनुत्तरित प्रश्नहरूले
बारम्बार हामीहरू घेरिएका छौँ
हरेकपल समयले उठबस गराएर
आफू आफैँमा हामी प्रत्येक क्षण केराकारमा छौँ
कहिल्यै ननासिने कहिल्यै नमेटिने
आफ्नै स्वाधीन स्वत्वसँग सोधौँ
कहाँ निसृत, कुन स्रोतबाट खोज्छौँ हामी संविधान ?
हामी खोलाका गान…
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती