पैसा चोर्न एटीएमको ताला फुटाउने पक्राउ

पैसा चोर्न एटीएमको ताला फुटाउने पक्राउ


एटीएमको ताला फोडेर पैसा चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित एसबीआई बैंकको एटीएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।

उता बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्ने उदयपुरका ४२ वर्षीय खगेन्द्र राईको काठमाडौं महाराजगञ्जस्थित करु कन्स्ट्रक्सनको निर्माणाधीन भवनबाट खसेर मृत्यु भएको छ ।

बाँसको खट बनाउने क्रममा बुधबार दुई तलामाथिबाट खस्दा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।