अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रद्वारा सल्लाहकारहरुको वरण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रद्वारा सल्लाहकारहरुको वरण


  • विशेष सम्वाददाता, युरोप

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा जुम संजालमार्फत बसेको विशेष वैठकले (कार्यकाल सन् २०२४–२०२६) का लागि सातजना सर्वोच्च सल्लाहकारहरू मनोनयन गरेको छ ।

साहित्यिक क्षेत्रमा विशेष योगदान पुऱ्याएका वरिष्ठ साहित्यिक ब्याक्तित्वहरुलाई अनेसास केन्द्रले अभिभावकको रुपमा चयन गरेको हो । जसमा, जापानबाट डा. दुबसु क्षेत्री, युरोपबाट जीवा लामिछाने र सुमलकुमार गुरुङ, अफ्रिकाबाट हिक्मत थापा, नेपालबाट लीला लुइँटेल र अमेरिकाबाट गोबर्धन पुजा र निलम कार्की निहारिका रहनुभएको छ।

त्यस्तै, अनेसास केन्द्रको अक्टोबर २७,२०२४ मा बसेको सल्लाहकार सहितको अर्को संयुक्त सात्क्षात्कार बैठकले एक स्वागत तथा परिचयात्मक अंश सम्पन्न गऱ्यो, जसमा अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले र बीओटीका सभापति पदम विश्वकर्माले संगठनको तर्फबाट वरण हुनुभएका सबै सल्लाहकारहरुलाई बधाई तथा शुभकामना दिनुभयो।

सल्लाहकारहरुले आफ्नो परिचयसहित केन्द्रिय कार्यसमितिलाई धन्यवाद दिनुभयो । परिचयकै क्रममा बैठकमा उपस्थित साहित्यकार जीवा लामिछाने, सुमल कुमार गुरुङ, हिक्मत थापा, लीला लुइँटेल, निलम कार्की निहारिकाले अनेसासले चलाएका भाषिक, साहित्यिक र सांस्कृतिक अभियानहरुमा आफ्नो निरन्तर सहयोग तथा समर्थन रहने प्रतिबद्धता जनाउनुभयो ।

स्मरणीय छ, हरेक पटक सल्लाहकार चयन गर्दा निवर्तमान अध्यक्ष पदेन सल्लाहकारका रूपमा चयन गरिने प्रचलन अनेसासमा रहिआएको छ । त्यस्तै कोलोराडोमा आयोजना हुन गइरहेको ११६औं देवकोटा जयन्तीको तयारीको सम्बन्धमा भएको छलफलमा अनेसासका केन्द्रिय महासचिव राजु सिटौलाले जयन्तिको लागि केन्द्रिय समिति लगायत साहित्यप्रेमीहरुलाई कार्यक्रममा उपस्थित हुन विशेष आग्रह गर्नुभएको थियो।