कांग्रेसका पुराना नेता रेग्मीको निधन

कांग्रेसका पुराना नेता रेग्मीको निधन


नेपाली कांग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ ।

कांग्रेस कास्कीका पूर्वसचिवसमेत रहेका उनकोे बिहीबार राति आफ्नै निवास गोंगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा उपचारपछि केही दिनअघि मात्र आफ्नै निवासमा ल्याइएको थियो ।

पशुपति आर्यघाटमा आज बिहानै स्वर्गीय रेग्मीको अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

०२३ सालमा गण्डकी छात्र समितिको सदस्य भएका उनले नेपाल विद्यार्थी संघको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व. रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटकपटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए । स्व. रेग्मीका दुई श्रीमती छन् ।