साताको राशिफल (५–११ माघ २०७५, सन् २०१९ जनवरी १९ देखि २५ तारिखसम्म)

साताको राशिफल (५–११ माघ २०७५, सन् २०१९ जनवरी १९ देखि २५ तारिखसम्म)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

साताको विशेष चाडपर्व –

आइतबार पूर्णिमा व्रत । सोमबार माघस्नानारम्भ, मिलापुन्हि, आर्य्दिवस, स्वस्थानीव्रयतारम्भ, चाँगुनारायणह्यवगु, भक्तपुरेहनुमत्तीर्थेत्रिवेणीमेला । विहीबार काशीस्थ वडागणेशोत्सव ।

यो साता (माघ ५ देखि ११ गतेसम्म, जनवरी १९ देखि २५ तारिखसम्म)को राशिफल –

मेष – शनिबार र आइतबार शुभ र भाग्यवर्द्धक सावित हुनेछ । अन्नधन बढ्नेछ । मिठो भोजन मिल्नेछ । मान गौरव बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । सोमबार र मंगलबारतिर समस्या समाधानको नयाँ सम्भावना देखापर्ला । आँट उत्साह बढ्नेछ । धन यश मान महत्व बढ्ला । यात्रा होला । साथीभाइको सहयोग समर्थन मिल्नेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । दुःख दूर होला । विवाद आदिमा नपर्नु उचित हुनेछ । बुधबार र विहीबारतिर प्रेममा सफल हुनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सहयोग प्राप्त होला । अनावश्यक खर्च बढ्ने, व्यर्थको यात्रा हुने, विवादमा परिने तथा धोखा आदिमा फसिने डर रहला । अरुको भर नपरी आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । शुक्रवारतिर इष्टमित्रसित भेटघांट हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । शत्रुमाथि विजय मिल्नेछ । सन्तान–सुख बढ्नेछ ।

बृष – शनिबार र आइतबार सुख शान्ति बढ्ला । मान–सम्मान बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । भोजभत्तेरमा सहभागी हुन पाउनुहुनेछ । सोमबार र मंगलबारतिर बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । मान पुरस्कार प्राप्त होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापरेर आशा उत्साह बढ्नेछ । बुधबार र विहीबारतिर समस्याको समाधान मिल्नेछ । कार्यसिद्धिको नयाँ सम्भावना देखापर्ला । आशा–उत्साह बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विवादमा नपरी आफ्नै बल–विवेकले काम गर्नु उचित हुनेछ । शुक्रबारतिर शैक्षिक सफलतासँगै प्रेमपथमा पनि प्रगति हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । अरुको भर नपरी आफ्नै योजनानुसार काम गर्नु उचित रहनेछ । मित्रमिलन हुनेछ । सन्तान सुख बढ्ला ।

मिथुन – शनिबार र आइतबार भागदौडवर्द्धक र खर्चकारक रहनेछ । हाविलासमा आकर्षण बढ्नेछ । लापर्वाही गर्नु र भूलचूक गर्नु उचित हुनेछैन । सोमबार तथा मंगलबारतिर शुभ र भाग्यवर्द्धक काम हुनेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान पुरस्कार प्राप्त होला । बुधबार र विहीबारतिर यश मान बढ्ला । धनधान्य बढ्नेछ । सुख–समृद्धिमा वृद्धि होला । शुक्रबारतिर समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको साथ पाइनेछ । उत्साह बढ्ला । विजयश्री मिल्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । विवादमा पर्नु र अरुको भर बस्नु उचित हुनेछैन ।

कर्कट – शनिबार र आइतबारतिर भागदौड भैरहला । खर्च बढ्नेछ । हासविलासमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सोमबार र मंगलबारतिर आर्थिक पक्ष बलियो बन्नेछ । मान गौरव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । धन यश मान पुरस्कार मिल्नेछ । शुक्रबारतिर सुख समृद्धि बढ्नेछ । आफन्तको सहयोग मिल्ला । पारिवारिक शान्ति विकसित हुनेछ । यात्रापरक काम बन्नेछ । आरोग्यता वृद्धि हुनेछ ।

सिंह – साताका पहिला दुई दिनमा काममा सफलता मिल्नेछ । सुख दायित्व बढ्ला । आय वृद्धि होला । तेस्रो र चौंथो दिनमा खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । खर्च बढ्नेछ । पाँचौं र छैठौं र दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख–शान्ति बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । मिठो भोजन मिल्ने । अन्तिम दिनमा मान पुरस्कार प्राप्त होला । सुख शान्ति मिल्नेछ ।

कन्या – साताका सुरुका चार दिन अत्यन्तै शुभ सावित हुनेछ । यात्रा होला । मनोकूलको काम बन्नेछ । दायित्व बढ्नेछ । राजकीय कार्य बन्ला । आयस्रोत बढ्नेछ । विजयश्री मिल्नेछ । पाँचौं र छैठौं दिन शुभ हुनेछ । मनोकूलको काम बन्नेछ । भागदौड बढ्ला । हासविलासमा रुचि बढ्ला । योजना बनाएर मात्र काम गर्नु उचित हुनेछ । सातौँ दिनमा आर्थिक काम बन्ला । सुख सम्मान बढ्नेछ ।

तुला – शनिबार र आइतबार शुभकर रहनेछ । शारीरिक र आर्थिक काम बन्नेछ । नियमकानूनलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति विजय मिल्नेछ । सोमबारदेखि शुक्रबारसम्मका दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा हुनेछ । मनोकूलको कार्य बन्नेछ । आय वृद्धि होला ।

वृश्चिक – शनिबार र आइतबार हासविलासमा व्यतीत होला । ऐनकानून तोड्नु र जोखिममा लाग्नु उचित हुनेछैन । सोमबार, मंगलबार र बुधबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्ला । यात्रामा सफलता मिल्नेछ । विहीबारको मनोकूलको काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । विजय मिल्नेछ । राजकीय कार्य पनि बन्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । शुक्रबार खर्च बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ ।

धनु – साताका सुरुका दिनहरु लाभदायक उन्नतिवर्द्धक र सुखकारक सावित होलान् । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । सोमबार र मंगलबारतिर नियम–कानूनलाई विशेष ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्य र चोटपटकप्रति सचेत रहनुपर्नेछ । बुधबार र विहीबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । शुक्रबारको नयाँ काम बन्नेछ । रोकिएको काममा सफलता मिल्ला । मान महत्व बढ्नेछ । विजयश्री प्राप्त होला ।

मकर – साताका सुरुका चार दिनसम्म बौद्धिक र रचनात्मक काम बन्नेछ । धनसम्पत्ति बढ्ला । मिठो भोजन मिल्नेछ । सुखको बस्तु बढ्नेछ । पाँचौँ र छैठौँ दिनमा स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । जोखिमदेखि चोटपटक लाग्नसक्ने कामदेखि सतर्क रहनुपर्नेछ । साताका अन्तिम दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । महत्वपूर्ण कार्यमा आफ्नै बल र विवेकको उपयोग गर्नुपर्ला । कुनै पनि जोखिमको काममा नफस्नु उचित हुनेछ ।

कुम्भ – शनिबार र आइतबारको भागदौड भैरहनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको र सन्ततिको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । विवाद आदिमा नपर्नु उचित होला । साताका बाँकी दिनमा सफलता र समृद्धि मिल्नेछ । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । बरु शुक्रबारको नियम–कानूनलाई तोड्नु र जोखिममा पर्नु उचित हुनेछैन । स्वास्थ्य र चोटपटक लाग्न सक्ने कुरामा सचेत रहनुपर्नेछ ।

मीन – शनिबार र आइतबार सफलताकारक रहनेछन् । आरोग्यता बढ्नुको साथै सुख–समृद्धि प्राप्त होला । विवाद आदिमा नपरी अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु उचित हुनेछ । सोमबार र मंगलबारतिर मित्र मिलन हुनेछ । प्रेममा सफलता भेट्ला । शिक्षामा सफलता मिल्नेछ । सन्तति सुख बढ्ला । बुधबार र विहीबारतिर आरोग्यता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तबाट सहयोग समर्थन मिल्नेछ । रोकिएको काम बन्नेछ । विजयश्री मिल्नेछ । शुक्रबार सुख–सम्पति बढ्नेछ । आरोग्यता बढ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । हासविलासमा आकर्षण बढ्नेछ ।