तिमीले सम्झेको दिन -रामेश्वर राउत मातृदास

तिमीले सम्झेको दिन -रामेश्वर राउत मातृदास


तिम्रोे सौन्दर्यले
यो मन सम्मोहित भएजस्तै
मेरा कविताले पनि
तिम्रोे खुसी मारुनी नाच्न थाल्यो भने मात्र
हाम्रोे युगौँ प्राचीन अनन्त जोडी,
क्रमशः नाइल/ह्वाङ्हो/गण्डकी/कोसी र
कर्ण्ााली छुँदै उर्लनेछन्
र, जुगलको शालीन शिखर चुम्दै,
जोडी ढुकुर प्रेमिल आँगनमा कर्ुलने छन् ।

कर्ुलनैपर्छ यो जिन्दगीर्
उर्लनकै लागि हो बाढी र बैंस
सिङ्गै आकाश/पूरै धर्ती
झङ्झङ् उर्लने यी सप्त सागरहरू,
हाम्रै भर्भराउँदो बैंस हो
घुम्नुपर्छ फनपनी विश्वब्रह्माण्ड
चुम्नुपर्छ आशावरीको धून यो जिन्दगीको मुस्कानले
तिम्रै सौन्दर्य…

धानखाने भँगेरो
चोट खपिरहेका छन्
कठै † यी निर्दोष भ्यागुताहरूले †
गौरीशङ्कर जीवन्त छन् साक्षी,
फूल मुस्कुराउँदै तिमीले सम्झेको दिन
म आकाश ब्युँझेर आउँछु हरदिन तिम्रोेसामु †
तिम्रोे सौन्दर्यले…

बाँस बचे बजाइन्छ बाँसुरी
म हरपल विश्वासको शिखर अग्लिरहेको छु
कालान्तरमा समाप्त हुनेछन् असुर/आसुरीहरू
र, हाम्रोे प्रगाढ सम्बन्धका यी तगाराहरूलाई
बर्लिनको पर्खाल गर्ल्याम्म/गर्ुर्लुम संसारबाट ढालेर
सृष्टि एउटै आँगन/पिँढीमा नाच्नुपर्छ हाम्रो गोडाहरूले †
तिम्रोे सौन्दर्यले…
उप्रान्त, प्रेमिल/अमरवीज रोपेर
धर्ती/आकाश एउटै आँगनमा नाच्ने सुपुत्र
तिम्रोे काखमा र्सर्वेश्वर नाच्नुपर्छ बाँसुरी धून
अहा † यी सूर्य/चन्द्र हाम्रोे झलमलाउँदा नयनहरू हुन्
अग्नि/वायु शीतल छहारी,
तिमी धर्ती/म आकाश फैलिरहेको छु
यी सीमाहीन अनन्त प्रेम
आस्थाको अस्तित्व फक्रिरहनेछ झरिझुप्प,
पृथ्वी मुस्कुराइरहने छिन् सधैं प्रेमले †
– रारामा, वशिष्ठधाम, निर्झ दिलचेत, सिन्धुबस्ती

खोज- ध्रुवसत्य
ढुङ्गालाई मूर्ति बनाउन कला चाहिन्छ
कलाले कसलाई छुँदैन –

को हो –
यो एकान्तमा मलाई कसले आवाज दियो-
‘कला मात्र कलाका लागि हुनुहुँदैन †’

आखिर कला केका लागि हो –
म यही जिज्ञासाको जवाफ खोजिरहेछु
के जीवन खोज हो –
जीवन कला हो —

तर जेहोस्,
ढुङ्गा भनेकै मूर्ति हो
र मूर्ति भनेकै ढुङ्गा हो ।

ढुङ्गाभित्र मूर्ति खोज्नेहरूले
मूर्ति पाए र रमाए
खोज्नेहरूले नै पाउने हुन्
नखोजेरै पाउनेहरूलाई भाग्यमानी भन्छन्
म अभागी
ढुङ्गाभित्र ढुङ्गा नै खोजिरहेछु ।

किन मैले ढुङ्गालाई ढुङ्गाजस्तो नदेखेको –

जता हेर्‍यो उतै मेरा नजरमा राम प्यारा
-वामदेव पण्डित -वर्ष ९५)
जाली नेता बनेबाट देशको स्थिति बिग्रियो
कुतत्त्व वर्गको कालभै शुभ-लाभ सप्रियो ।।१।।

जता हेर्‍यो उतै मेरा नजरमा राम प्यारा छन्
भनेझैं नायक श्रेष्ठ लक्ष्मी नगद जप्दछन् ।।२।।

माओवादीतिरै बस्छ सत्ताको बल सर्वदा
उन्नाइस हजार त्यो सेना छ है खडा सदा ।।३।।

अहो सेना हजारौँ ती वाईसीएल सेवक
क्याम्पमा बसी निर्धक्क गर्दै छन् ती बकबक ।।४।।

फुटेजुटे गरेजस्तो माओवादीहरू लहै
गरेका छन् है लीला, दर साविक हाल है ।।५।।

गाँठागुँठी मिलाउँदै देखाउँछन् नाटक
अरू नेताहरू हेर्ने पुर्‍याई मनको टक ।।६।।

ठूलो कृपा मिलेको छ एमालेतिर आखिर
झलनाथ अझै सप्रे मीठो खाएर है खिर ।।७।।

दिइपाउन रहोस् म्याद थप्दै पछि तक
जानेमा दल त्यो देख्छौँ समस्या घोर घातक ।।८।।

ठूला-साना निकै पार्टी ठोक्ने ताली निरन्तर
नंगा नाच सबै हेर्र्छौं आँसु काडेर तरतर ।।९।।

कन्ट्रोल गर्न को सक्छौँ अपाङ्ग दुनियाँ भए
मरे फर्किन्न हाम्रो ती सुखका दिन ती गए ।।१०।।

पशुपति प्रभुबाट कष्ट हाम्रोे हटाउन
सकिबक्सिन्छ हे देव करुणा शीघ्र पाउन ।।११।।

-९६ वर्ष प्रवेशको सुखद् अवसरमा वयोवृद्ध कवि वामदेव पण्डितलाई दीर्घायुको शुभकामना)