आजको पञ्चाङ्ग एवम् राशिफल (६ माघ २०७५ आइतबार, २० जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ माघ २०७५ आइतबार, २० जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ विरोधकृत नामक सम्बत्सर शिशिर ऋतु वि.सं.२०७५ माघ ६ गते तद्अनुसार सन् २०१९ जनवरी २० तारीख आइतबार पौष शुक्लपक्ष चतुर्दशी तिथि १३ः२९ पर पूर्णिमा तिथिआद्र्रा नक्षत्र ७ः३० पर पुनर्वशु नक्षत्र वैधृति योग १४ः५१ पर विष्कुम्भ योग भद्रा करण आनन्दादिमा ध्वांक्ष योग चन्द्रमा मिथुन राशिमा, काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः३३ मा हुनेछ । भद्रा दिउँसो १३ः३९ देखि आरम्भ हुनेछ । मिथुन राशिमा भद्रा स्वर्गमा रहने हुँदा अति आवश्यक काम गर्न सकिन्छ । पूर्णिमाव्रत । शुभ समय अभिजित– ११ः५४ देखि १२ः३६ राहु काल १६ः१५ देखि १७ः३५ दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि– शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्वमा बढोत्तरी होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । साझेदारीसम्बन्धी काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । परिवारजनसित मिलेर पिकनक पार्टी आदि जाने दिन छ । भोगविलासमा आकर्षण बढ्नेछ । यश ख्याति फैलिनेछ । यात्रामा पनि सफलता मिल्नेछ ।

बृष राशि – आरोग्यता बढ्नेछ । आर्थिक पक्ष बलियो हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । नयाँ–नयाँ विकासको अवसर देखापर्ला । आशा आँट उत्साहमा वृद्धि हुनेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । मान महत्व ऐश्वर्य बढ्नेछ । रोकिएको काम बन्ला । विजयश्री मिल्ला ।

मिथुन राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । हासविलासमा रुचि बढ्ला । प्रेम रस बढ्नेछ । प्रेम पात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ । मान महत्व बढ्नेछ । गीत संगीतमा आकर्षण बद्नेछ ।

कर्कट राशि – खर्च र लगानी बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । महत्वपूर्ण वस्तु नहराओस् भनेर ध्यान राख्नु पर्नेछ । भागदौड व्यस्तता रहला । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र जोखिममा पर्नु उचित हुनेछैन । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुपर्नेछ ।

सिंह राशि – आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्व बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि – उन्नति पदोन्नति हुनेछ । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उच्चधिकारीको साथ मिल्नेछ । वार्तामा सफलता प्राप्त होला । आर्थिक पक्ष सबल बन्नुको साथै मान सम्मान वृद्धि होला । सभा–समारोहमा भाग लिनु हुनेछ । यश वर्चश्व र गौरव बढ्ला । सुख सम्पति वृद्धि होला । आफन्तको सहयोग प्राप्त होला । घरपरिवारको वातावरण अनुकुल होला ।

तुला राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । सुख सम्पदा बढ्ला । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन मिल्नुको साथै आनन्द बढ्नेछ । मनोकूलको काम बन्नेछ । भाग्यवर्द्धक काम बन्नेछ ।

वृश्चिक राशि – चन्द्रमा आठौँ स्थानमा भ्रमणशील छ । जोखिममा नपर्नु उचित होला । ऐनकानूनलाई नतोड्नु बेस हुनेछ । खर्च लगानी बढ्नेछ । भागदौड व्यस्तता पनि बढ्नेछ । हासविलासमा रुचि बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख–सुविधाको वस्तु किन्ने योग छ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु राशि – सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

मकर राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ । कर्मयोगी रहनुहुनेछ । कार्य क्षेत्रमा सफलता हाथ पार्नुहुनेछ । नयाँ दायित्व मिल्नेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्ला । यश वर्चश्व बढ्ला । रोकिएको कार्य पनि बन्नेछ ।

कुम्भ राशि – चन्द्रमा पाँचौं स्थानमा भ्रमणशील रहेको छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । प्रेममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

मीन राशि – सुख आनन्द बढ्ला । मान महता बढ्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । धन सम्पत्ति बढ्नेछ । यश ख्याति फैलिनुको साथै सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत रहनु उचित हुनेछ ।

साताको राशि पनि हेर्नुहोस् –

साताको राशिफल (५–११ माघ २०७५, सन् २०१९ जनवरी १९ देखि २५ तारिखसम्म)
https://ghatanarabichar.com/134171