इडेन ब्रिज एकेडेमी (ईबीए) को आयोजनामा प्रथम ईबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता माघ ९ गते बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर छात्रातर्फ १६ र जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने ईबीएका प्रिन्सिपल प्रेमकुमार राईले पत्रकार सम्मेलनमा जानकारी गराए । छात्राको स्पर्धा थ्री बाइ थ्री स्वरूपमा हुनेछ ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । ६ दिने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजककै कोर्टमा हुनेछ ।
प्रतिक्रिया