क्योकुसिन कराते टोली भारत जाने

क्योकुसिन कराते टोली भारत जाने


अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली माघ ८ गते मंगलबार भारतको मुम्बई प्रस्थान गर्दै छ । जनवरी २६ र २७ तारिखमा हुने प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ५० केजीमा दीपेन्द्र क्षेत्री, ५५ केजीमा आङ निमा शेर्पा, ६० केजीमा हरि दनुवार, ६५ केजीमा विकास गुरुङ, खुलामा सनीसिंह सुनुवार तथा कातामा सुनील नगरकोटीले प्रतिस्पर्धा गर्नेछन् । महिला ५० केजीमा शान्ति थापामगर तथा खुलामा मञ्जु विक सहभागी हुनेछन् ।

प्रशिक्षकमा आईएफकेकेका ब्रान्च चिफ प्रेम लामा र रेवतीप्रसाद सापकोटा तथा व्यवस्थापकमा विनोद पराजुली र अशोकजंग दनुवार रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एसोसिएसन (आईएफकेके) का कार्यबाहक अध्यक्ष घनश्याम श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले बिदाइ गरे ।