वैद्य र बाबुराम कठोर कदमको तयारीमा

वैद्य र बाबुराम कठोर कदमको तयारीमा


कठघरामा प्रचण्ड
शक्ति विकेन्द्रित गरी पार्टीमा सुधार ल्याउन प्रचण्ड तयार नभए माओवादी नेताहरूले प्रचण्डलाई तह लगाउन जस्तोसुकै उपाय अवलम्बन गर्न पनि तयार हुने सङ्केत दिएका छन् । प्रचण्डको आत्मकेन्द्रित एवम् अधिनायकवादी कार्यव्यवहारबाट पार्टीलाई मुक्त गरिछाड्न वरिष्ठ नेता मोहन वैद्य र डा. बाबुराम भट्टर्राईले विशेष अग्रसरता लिनुभएको छ । सशस्त्र युद्धकालमा पार्टीको कमान प्रचण्डको, लडाकुको रामबहादुर थापा बादल र मोर्चाको नेतृत्व डा. बाबुराम भट्टर्राईको हातमा थियो । तर, बादललाई एक मुद्दामा कारबाही गरेर सेनाको कमाण्ड प्रचण्ड आफैंले लिनुभयो । त्यसैगरी फुन्टिवाङ बैठकमा बाबुरामको हातबाट मोर्चाको नेतृत्व खोसेपछि प्रचण्ड पार्टी, सेना र मोर्चा तीनवटै शक्तिको प्रमुख हुनुभएको थियो । नेतृत्व केन्द्रिकृत गर्दा क्रान्ति सम्पन्न गर्न सजिलो हुन्छ भन्ने तर्कका आधारमा प्रचण्डले सम्पूर्ण शक्तिको प्रयोग आफू एक्लैले गर्दै आउनुभएको थियो । एकपटक त उहाँले आफूलाई प्राधिकार नै घोषणा पनि गराउनुभएको हो । तर, अहिले प्रचण्डमा निहित शक्ति नै माओवादी पार्टीका लागि मुख्य समस्या बनेको ठान्न थालिएको छ । आफूमा निहित केन्द्रिकृत शक्तिलाई कार्य विभाजन गरी विकेन्द्रित गर्न प्रचण्ड तयार हुनुहुने विश्वास वैद्य र भट्टर्राईलगायतका नेताहरूले गरेका छन् । कदाचित प्रचण्ड आफूलाई सुधार्न तयार हुनुभएन भने कुनै पनि ठोस कदम चाल्न वैद्य र बाबुराम तयार हुनुभएको छ । तर, कतिपयले बाबुराम भट्टर्राईलाई उधारो प्रधानमन्त्री दिएर प्रचण्डले आफ्नो पक्षमा लैजाने र पार्टी शुद्धीकरणको अभियानलाई शिथिल तुल्याइने हो कि भन्ने आशङ्का गरेका छन् । यद्यपि डा. भट्टर्राई तथा उहाँका र्समर्थकहरू प्रचण्डलाई विश्वास गर्नुभन्दा वैद्यलाई साथ दिनुमै सबैको हित हुने धारणा राख्नुहुन्छ । प्रचण्डले आफू परिवर्तन भएको या सुध्रिएको प्रमाणित गर्न कम्तीमा संसदीय दलको नेता पद परित्याग गरी डा. बाबुराम भट्टर्राईलाई उक्त जिम्मेवारी सुम्पन तयार हुनुपर्नेछ ।
त्यसबाहेक पार्टीको हिसाब पारदर्शी बनाउन र सामूहिक निर्णयबाट चल्न पनि प्रचण्ड तयार हुनुपर्नेछ । दुई दशकभन्दा बढी समयदेखि माओवादी पार्टीको एकछत्र नेतृत्व सम्हाल्दै आउनुभएका प्रचण्डमाथि महाधिवेशन गराउन पनि दबाब परेको छ । प्रचण्डले धेरै अघिदेखि नै महाधिवेशन गराउन आफू तयार भएको बताउने गर्नुभए पनि त्यसनिम्ति कुनै पनि प्रकारको तत्परता भने लिइएको छैन । त्यसैले वैद्य-बाबुराम पक्षले महाधिवेशन गराउन केन्द्रदेखि सेलसम्म महाधिवेशन आयोजक समिति निर्माण गरिनुपर्ने धारणा दृढतापूर्वक अघि सारेका छन् । त्यसो गर्दा मात्र महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनसक्ने विश्वास उहाँहरूको छ । तर, आफ्नो अनुकूल नहुँदा पार्टी केन्द्रीय समितिको बैठक त गराउन नचाहने प्रचण्डबाट महाधिवेशन निष्पक्ष गराउने कार्य होला भन्ने विश्वास धेरैलाई छैन । माओवादी पार्टीमा कुनै बेलाका शक्तिशाली प्रचण्ड अब रक्षात्मक र निरीह बन्दै जानुभएको छ । गत शुक्रबार केन्द्रीय समितिको बैठकमा अचानक आफूविरुद्ध सभासद्हरूको दस्तखत प्रस्तुत भएपछि प्रचण्ड स्तब्ध हुनुभएको छ र अब कसरी परिस्थिति आफूअनुकूल तुल्याउने भन्नेमा मात्र उहाँ केन्द्रित हुनुभएको महसुस गर्न थालिएको छ ।
पार्टीका तीन शक्तिशाली नेतालाई कारबाही गरी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य -किरण)को साख गिराउने तयारीसहित केन्द्रीय समिति बैठकमा पुग्नुभएका अध्यक्ष प्रचण्ड उल्टै आफ्नाविरुद्धमा दुईतिहाइ सभासद्को निवेदन परेपछि नराम्रोेसँग झस्किएर अन्ततः बैठक नै स्थगित गर्न पुग्नुभयो । गत शुक्रबार केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्नेगरी उहाँले एक दस्तावेज तयार गर्नुभएको थियो र उक्त दस्तावेज केन्द्रीय समिति सुरु हुनुअगावै बसेको स्थायी समिति बैठकमा पढेर सुनाउनुभएको पनि थियो ।
स्थायी समितिमा सुनाइएको उपाध्यक्ष वैद्यविरुद्ध लक्षित दस्तावेजमा उपाध्यक्षद्वय बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठसहितको विशेष संयन्त्र निमर्ँण गरी पार्टीलाई ‘सुढृढ’ तुल्याउने भन्नेमा केन्द्रित थियो । प्रचण्डले उक्त दस्तावेज केन्द्रीय समितिमा प्रस्तुत गरी पार्टीका प्रभावशाली नेताहरू सीपी गजुरेल, देव गुरुङ र नेत्रविक्रम चन्दलाई कारबाहीको प्रस्ताव गर्ने योजना बनाउनुभएको थियो । यसरी तीन शक्तिशाली नेतालाई कारबाही गरेपछि मोहन वैद्य -किरण) उत्तेजित भई आक्रामक ढङ्गबाट बैठकमा प्रस्तुत हुनेछन् र त्यसक्रममा वैद्यलाई समेत पन्छाउने प्रचण्डको कुटिल चाल थियो ।
तर, प्रचण्डको अनुमानविपरीत केन्द्रीय समिति बैठक बस्नुअघि एक सय उनान्साठी सभासद्ले आफ्नो कार्यशैलीमाथि नै प्रश्न उठाउँदै निवेदन दिएपछि उहाँ स्तब्ध हुनुभएको प्रचण्डनिकट एक केन्द्रीय नेताले घटना र विचारसँग बताउनुभयो । यसरी हस्ताक्षरसहित प्रचण्डलाई निवेदन दिनेहरूको सूचीमा भट्टर्राईको नाम पनि देखेपछि प्रचण्ड थप हतोत्साहित हुनुभयो । निवेदनमा भट्टर्राईसहित उहाँनिकट छैसट्ठी सभासद्को नाम पनि छ । त्यसैगरी वैद्यनिकटका बयानब्बे सभासद्ले पनि लहरै हस्ताक्षर गरेका थिए । आफूविरुद्ध हस्ताक्षरसहित निवेदन परेपछि केन्द्रीय समिति बैठक नै स्थगित गर्ने मनस्थितिमा प्रचण्ड पुग्नुभएको थियो । तर, एक्कासि बैठक स्थगित गर्दा आफ्नाबारेमा बाहिर गलत सन्देश जान सक्ने भन्दै निकटस्थहरूले सुझाएपछि केही क्षणका लागि मात्र भए पनि बैठक सुरु गनर्ेर्ेेनस्थितिमा पुग्नुभयो प्रचण्ड र बैठक पनि सुरु गर्नुभयो । करिब एक घन्टाजति बसेको बैठकमा प्रचण्डले आफूले तयार गरेको प्रतिवेदनमा उल्लिखित सामान्य कुरा राखेर तीन दिनका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो । ‘अबको बैठक कहिले हुन्छ त्यसको कुनै निश्चितता छैन ।’ प्रचण्डनिकट स्रोत भन्छ, ‘आफू सुरक्षित हुने निश्चित भएपछि मात्र केन्द्रीय समितिको बैठक बस्नेछ ।’
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने प्रस्तावलाई हेरेर वैद्य पनि आफ्नो छुट्टै प्रस्ताव पेस गर्ने योजनामा हुनुहुन्थ्यो । अध्यक्ष प्रचण्डको एकाकी र अवसरवादी सोचका कारण पार्टी दिशाहीन भएको, पार्टी र सरकार सञ्चालनमा अध्यक्षले एकलौटी निर्णय गर्ने गरेको, अवसरवादीहरूलाई प्रश्रय दिँदै गएको, फरक विचारलाई निषेध गरेको, पार्टीका विभिन्न निकायमा समानुपातिक प्रतिनिधित्व नभएकोलगायतका कुरा उठाउँदै यस्तो नेतृत्वबाट पार्टी सञ्चालन हुन नसक्ने भएकोले तत्काल महाधिवेशनको आयोजना गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्ने थियो । उनीहरूले दाबी गरेअनुसार पार्टीमा पचासदेखि त्रिपन्नजना केन्द्रीय सदस्य वैद्य र्समर्थक छन् भने पच्चीसदेखि तीस उपाध्यक्ष भट्टर्राई र पचहत्तरदेखि सत्तरी सदस्य प्रचण्ड पक्षधरका छन् । उनीहरूका अनुसार अध्यक्ष्ँ प्रचण्डसँग पार्टी एकीकरणको प्रक्रियामा बनेका केन्द्रीय सदस्य बढी छन् भने उपाध्यक्ष्ँ मोहन वैद्यसँग युद्धकालीन समयका नेता तथा भट्टर्राईसँग पार्टीभित्रका बौद्धिक नेताहरूको बाहुल्य छ । यसरी तीन गुटमा विभाजित देखिएको माओवादीमा दुई पक्ष एक हँुदा सहजै बहुमत पुग्छ । त्यही बहुमतका आधारमा विस्तारित बैठकमा वैद्यसँग मिसिएर जनव्रि्रोहलाई पार्टीको लाइन बनाउनुभएका अध्यक्ष प्रचण्डले यसअघि बसेको केन्द्रीय समितिमा उपाध्यक्ष भट्टर्राईसँग मिसिएर पार्टीको कार्यदिशा नै परिवर्तन गर्न अग्रसर हुनुभएको थियो ।
त्यसैगरी बैठकमा भट्टर्राई पक्षधरका सभासद्हरूले पनि अध्यक्ष्ँको कार्यशैलीका बारेमा गम्भीर प्रश्न उठाउने तयारी गरेका थिए । उनीहरू पार्टी नेतृत्व विचारको भन्दा पनि गुटगत संस्कृतिलाई बढावा दिँदै गएको, जिम्मेवारी बाँडफाँड सन्तोषजनक नभएको, पार्टी समानुपातिक ढङ्गबाट अघि नबढेकोलगायतका आरोप लगाउँदै अध्यक्षलाई ‘ठीक’ पार्ने अवस्थामा थिए ।