दमकमा छोराको कुटाइबाट बाबुको मृत्यु

दमकमा छोराको कुटाइबाट बाबुको मृत्यु


छोराको कुटपिटबाट आज अपराह्न झापाको दमकमा बाबुको मृत्यु भएको छ । दमक नगरपालिका १ स्थित फाल्गुनन्द चोक बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपानेबीच घरायसी विषयमा झगडा हुँदा छोराको कुटपिटबाट ५८ वर्षीय बाबु राजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घरायसी विवादमा १८ वर्षीय राजनले बुबा राजनलाई कुटपिट गरेका थिए । कुटपिटबाट बाबुको छाती र टाउकोमा चोट लागेको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको स्थानीय लाइफलाइन अस्पतालमा उपचार हुन नसकी विराटनगरस्थित न्युरो अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए । कुटपिटबाट मृत्यु भएको अभियोगमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ सुब्बाले बताए ।