आठौँ फिजम कप फुटबल सुरु

आठौँ फिजम कप फुटबल सुरु


संस्थागत विद्यालयको सञ्चालक मञ्च (फिजन) को आयोजनामा आठौँ फिजम कप अन्तरविद्यालय फुटबल प्रतियोगिता माघ ११ गते शुक्रबारदेखि शुरु हने भएको छ । फिजमका अध्यक्ष आरबी कटुवालले स्कुल टु ओलम्पिकको उद्देश्यलाई साकार गर्न विद्यालय खेलकुदमा राज्यको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।

माघ १० गते बिहीबार पेप्सिकोलास्थित नेक्सस इन्टरनेसनल एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सुनील केसीले नकाउटका आधार सञ्चालन हुने प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराए ।

पेप्सिकोलाको खेलमैदानमा माघ १९ सम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘क’मा बेस्टग्रप भिजन, नेपाल तारा, रत्न शिक्षा, अर्किट, किड्स, ग्लोबल, मोनारिक, मदरल्यान्ड, ग्रामर र एम्स रहेका छन् । त्यस्तै समूह बीमा न्युहोली, हब्रन, माउन्ट सेब, अन्नपूर्ण, नेक्सस, लाइसियन, दीपिका, भीमेश्वर र प्रज्ञा रहेका छन् । पत्रकार सम्मेलनमा फिजमका सचिव देवी डोटेललगायतको उपस्थिति रहेको थियो ।