बास्केटबलमा एआईएको रोमाञ्चक जित

बास्केटबलमा एआईएको रोमाञ्चक जित


छैटौँ एआईए कप अन्तरस्कुल बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजको खेलमा आयोजक एआईएले रोमाञ्चक जित निकालेको छ । उद्घाटन खेलमा आयोजक एआईएले छिमेकी स्कुल इनोभेटिभमाथि २३–२० को रोमाञ्चक जित निकालेको हो । एआईएले खेलको अन्तिम मिनेटमा १७–२० ले पछि परेको अवस्थालाई उल्टाउँदै लगातार ६ स्कोर गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

एआईएको जितमा उत्कृष्ट खेल प्रदर्शन गरेका निश्चल बुढाथोकीले सर्वाधिक ८ स्कोर गरेका थिए । शंखमूलस्थित आयोजक अवेरनेश इन्टरनेसनल एकेडेमी (एआईए)को कोर्टमा भएको जुनियर ब्वाइजको अन्य खेलमा स्वप्नाबाटिकले एसियनलाई १७–१२ र ग्रिफिल्डले काठमाडौं इंग्लिस स्कुललाई ३८–६ को फराकिलो अन्तरले हरायो ।

सिनियर ब्वाइजमा हिमालयनले केईएसमाथि २५–२४ को कठिन जित निकाल्यो । छात्राको खेलमा काठमाडौं जेभियरले आयोजक एआईएलाई १६–१० को स्कोरमा स्तब्ध बनायो । अर्को खेलमा रिलायन्सले एसियनलाई २६–११ को स्कोरमा रोक्यो । माघ १७ सम्म सञ्चालन हुने प्रतियोगिताको विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद अर्यालल रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।