भाषाशास्त्री पोखरेललाई मष्तिष्कघात

भाषाशास्त्री पोखरेललाई मष्तिष्कघात


प्रसिद्ध भाषाशास्त्री एवम् नेपाली साहित्यका विशिष्ट साधक प्रा. बालकृष्ण पोखरेल मष्तिष्कघात भई अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई गत सोमबार अकस्मात मष्तिष्कघात भएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अस्पताल पुगेर उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य डा. हेमनाथ पौडेलसहित अस्पताल पुग्नुभएका कुलपति उप्रेतीले प्रा. पोखरेलको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभई प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सक्दो उपचार सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।

कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य समेत रहनुभएका भाषाशास्त्री पोखरेलको उपचारका लागि यथाशिघ्र आवश्यक सम्पूर्ण खर्चको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

पोखरेललाई नर्भिक अस्पतालको सातौँ तलाको कोठा नं. ७१२ मा राखी उपचार जारी राखिएकोे छ । पारिवारिक सूत्रका अनुसार पोखरेलको स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको बुझिएको छ ।