संसदमा कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

संसदमा कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित


प्रतिनिधिसभामा शुक्रबार प्रमुख विपक्षी दल नेपाली कांग्रेसको रोस्ट्रम घेराउका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पेस गरेका छन् । सो प्रस्ताव कांग्रेसको अवरोधबीच संसदमा बहुमतबाट पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका छन् ।

कांग्रेसले राष्ट्रिय नेपाको अपमान बन्द गर, संसदीय मर्यादा कायम गर, मर्यादापालकलाई मर्यादामा राखजस्ता नारा लगाउँदै संसद चल्न नदिने भन्दाभन्दै सरकारी पक्षबाट दुईतिहाइको बलमा सो विधेयक पारित गरेका कांग्रेसले जनाएको छ ।