घरभित्र चितुवा छिरेपछि…

घरभित्र चितुवा छिरेपछि…


गुल्मीको इस्मा गाउँपालिका–३ अन्तर्गत एक व्यक्तिको घर चितुवा पसेपछि यतिबेला चितुवा हेर्न जानेको घुइँचो लागेको छ ।

इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा शुक्रबार बिहान कुखुरा निकाल्न जाँदा कुखुरासँगै चितुवा पनि बाहिर निस्केर खरेलको हात र खुट्टामा चिथोरेर मानिस सुत्ने कोठाभित्र पसेको थियो । खरेल सामान्य घाइते भएकोे घटनास्थलमा पुगेका डिभिजन वन कार्यालयका नासु नवीन पन्थीले बताए ।

चितुवा घरभित्र पसेको जानकारी पाएपछि शुक्रबार बिहान उक्त कार्यालयका प्रमुख रवीन्द्र महर्जनको नेतृत्वमा बाघखोरसहितको टोली घटनास्थल पुगिसकेको बताइएको छ । गत दुई साताअघि छत्रकोट गाउँपालिका–१ अन्तर्गत हुँगामा पनि दुम्सीलाई थापेको पासोमा चितुवा परेको थियो । जिल्लामा पछिल्लो समय सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा चितुवाको बिगबिगी बढ्दै गएको बताइएको छ ।