संसदमा सरकारले आफ्नो अहमतिबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रस असन्तुष्ट बनेको छ ।
संसदमा आफ्नो अवरोधबीच सो विधेयक पारित भएपछि आफ्ना भावी कार्यक्रम कसरी अघि बढाउने भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
बैठकमा आफ्नो अवरोधबीच संसदमा सरकारी पक्षबाट दुईतिहाइको आडमा जबर्जस्त राष्ट्रिय चिकित्सा विधेयक पारित गरेका भन्दै संसद र सडक आन्दोलन एकसाथ चर्काउने प्रतिक्रिया सभापति शेरबहादुर देउवाले दिएका छन् ।
यसैबीच संसदमा जबर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको भन्दै कांग्रेसले बानेश्वरमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया