आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७५ शनिबार, २६ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७५ शनिबार, २६ जनवरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सम्वत् १११९ वि.सं. २०७५ माघ १२ गते शनिबार तद्अनसार सन् २०१९ जनवरी २६ तारिख माघ कृष्णपक्ष षष्ठी तिथि, हस्ता नक्षत्र, सुकर्म योग, गर करण ११ः१६ पर भद्रा करण, आनन्दादिमा मृत्यु योग चन्द्रमा कन्या राशिमा । काठमाडौंमा सूर्योदय विहान ६ः५५ मा भयो र सूर्यास्त साँझ १७ः३८ मा हुनेछ । शुभ समय अभिजित– ११ः५५ देखि १२ः३८, राहु काल– ९ः३५ देखि १०ः५६, दिशा शूल– पूर्व । विश्व भन्सार दिवस ।

आजको राशिफल :

मेष राशि – विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्व बढ्ला ।

बृष राशि – वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । पितृ सुख बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । आफन्तको साथ पाइनेछ । साथीभाइ बीच आमोदप्रमोदमा रमी रहनुहुनेछ । राजकीय कार्य बन्नुको साथै उच्चाधिकारीको सहयोग प्राप्त होला ।

मिथुन राशि – यात्रा हुने र महत्वपूर्ण काम बन्ने सम्भावना रहनेछ । भाग्योदय हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । हाँसविलासमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र कार्यमा लापर्वाही गर्नु उचित हुने छैन । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर सोचिविचारी गर्नु उचित होला । धर्मकर्ममा प्रवृत्त रहनु उचित होला । ध्यान र ऊर्जालाई कारोबारमा केन्द्रित गर्नु बढी हितकर रहला ।

कर्कट राशि – ऊर्जा बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । लाटरी आदि लाग्नेछ । सुख शान्ति ऐश्वर्य बढ्नेछ । आरोग्यता बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखक रहला । मान प्रसिद्धि बढ्नेछ । जोखिम आदिमा नपर्दा बेस रहला ।

सिंह राशि – आयस्रोत बढ्नेछ । आर्थिक र बौद्धिक प्रगति होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार भेट्नेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । सुख–सुविधा बढ्नेछ ।

कन्या राशि – आरोग्यता बढ्ला । उन्नति पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ । राजकीय कार्य बन्ला । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

तुला राशि – यश मान वृद्धि हुनेछ । सुख समृद्धि बढ्ला । खेलकूदमा रुचि बढ्नेछ । यात्रा हुनेछ । शैक्षिक, बौद्धिक, साहित्यीक, रचनात्मक आदि कार्यमा पनि सफलता मिल्नेछ । धमकर्मसित सम्बन्धित कार्यमा रुचि बढ्ला । इष्टमित्र सन्तान आदिसित सम्बन्धित शुभता बढ्नेछ । आमोदप्रमोदमा आकर्षित हुनुहुनेछ ।

वृश्चिक राशि – आज सुख शान्ति बढ्नेछ । लाटरी लाग्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलयो बन्नेछ । आफन्त सुख मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । समस्याको समाधान मिल्नेछ ।

धनु राशि – कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति पदोन्नति हुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । दायित्व पाउनुहुनेछ । मनोकुलको काम बन्नेछ । आँट उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

मकर राशि – दूर देशसित सम्बन्धित काम बन्नेछ । यात्रा हुनेछ । भाग्योदय होला । शुभ समाचार मिल्नेछ । मान महता बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ राशि – सोचिविचारी काम गर्नु हुनेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनुहुनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । लोभ लालच इर्ष्या द्वेषमा नियन्त्रण आउनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऐंनकानून सहयोगी सावित हुनेछ ।

मीन राशि – सुख आरोग्यता बढ्नेछ । मान महत्वमा वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नेछ । यात्रापरक काममा पनि सफलता मिल्नेछ । भोगवलासमा रुचि बढ्ला । । ख्याति फैलिनेछ । जीवनसाथीको सहयोग मिल्नेछ । खर्च बढेको लाग्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।

साताको राशि पनि हेर्नुहोस्–

साताको राशिफल (१२–१८ माघ २०७५, २६ जनवरी–१ फरवरी २०१९)
https://ghatanarabichar.com/135056