शुक्रबार संसदमा विपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि डा गोविन्द केसीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । डा. केसीले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आफ्नो अनशन जारी रहने बताए ।
डा. केसीले आफूसँग भएको सहमतिविपरीत संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै अनशन जारी राख्ने बताएका हुन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १६औँ पटक अनशन बसेको १७औँ दिनका दिन सरकारबाट जबर्जस्ती शैलीमा विधेयक पारित गरेलगत्तै पत्रकार सम्मेलन गरी उनले भने, ‘अनसन जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’
प्रतिक्रिया