प्याब्सनका पदाधिकारीले खाए शपथ

प्याब्सनका पदाधिकारीले खाए शपथ


निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सप्तरीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ ।

आगामी दुई वर्षको लागि गत पुस २७ गते सम्पन्न जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी र सदस्यहरूको राजविराजस्थित प्याब्सन सप्तरीको कार्यालयमा एक समारोहका बीच शुक्रबार शपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको हो ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनीलकुमार झा प्रमुख अतिथि रहेका उक्त समारोहमा निर्वाचन संयोजक विजयानन्द झाले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद र गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

निवर्तमान कार्यसमितिका तर्फबाट निवर्तमान अध्यक्ष पञ्चदेव यादवले शुभकामना दिँदै नवनिर्वाचित अध्यक्ष देवानन्द चौधरीसहित पदाधिकारी र सदस्यहरूलाई पदस्थापन कार्य सम्पन्न गराएका हुन् ।

निर्वाचन समितिका सदस्य मनोहर पोखरेलले सञ्चालन र स्वागत गरेको कार्यक्रममा केन्द्रीय सदस्यहरु डा. कामानन्द देव, निर्जला कोइराला, प्याब्सन सप्तरीका संस्थापक अध्यक्ष पुष्प सिटौला, पूर्व केन्द्रीय सदस्य डा. चिरन्जिवी लाल देव, प्रदेश उपाध्यक्ष रिमा झालगायतले शुभकामना व्यक्त गरेका थिए भने समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष चौधरी र वरिष्ठ उपाध्यक्ष अरुणकुमार देवले दुईवर्षे कार्यकाललाई उपलब्धीपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्याब्सन सप्तरीका पूर्व सचिव देवनारायण चौधरी, निर्वतमान जिल्ला सल्लाहकार सुरेश यादव, निवर्तमान सदस्य मदन चौधरी र हरीश्चन्द्र प्रसादले पनि शुभकामना व्यक्त गरेका थिए ।