टाइम्स इन्टरनेसनल कलेजले १८औँ ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा टाइम्सले जेभियर इन्टरनेसनल कलेजलाई ५८–४५ ले पराजित गरेको हो । टाइम्सको जितमा सुजन लिम्बूले २५ अंक योगदान गरे । सुजन नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
शुरुका दुई क्वार्टरमा क्रमशः १३–८ र १९–८ को अग्रता लिँदै जितको आधारमा खडा गरेको थियो । तेस्रोमा १३–१५ र चौथोमा १३–१४ ले पछि परे पनि टाइम्सको उपाधि यात्रामा असर परेन । अपराजित टाइम्सले समूह चरणको खेलमा सेन्ट जेभियर्स र ट्रिनिटी, क्वार्टरफाइनलमा ह्वाइटहाउस र सेमिफाइनलमा सीसीआरसीलाई हराएको थियो ।
विजेतालाई ज्ञान निकेतनकी संरक्षक लीला कुँवर, ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवर, ज्ञान निकेतनका एकेडेमिक इन्चार्ज दीपेन्द्र बसौला, राष्ट्रिय महिला बास्केटबल खेलाडी माया स्याङ्तानले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ ४ गतेदेखि शुरु प्रतियोगितामा ११ टिम सहभागी थिए ।
प्रतिक्रिया