विपन्न दलितलाई न्यानो कपडा वितरण

विपन्न दलितलाई न्यानो कपडा वितरण


सप्तरीमा जाडोबाट समस्यामा रहेका दलित विपन्न परिवारका छात्र–छात्रालाई शनिबार न्यानो कपडा वितरण गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको अतिविकट मानिएको गोबरगढा र मधवापुरका ९२ दलित विपन्न परिवारका छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको हो । सिर्जना फाइनान्सद्वारा जाडोबाट पीडित छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको स्थानीयवासी गंगा साहले बताए ।

उक्त न्यानो कपडा वितरण कार्यक्रममा फाइनान्सका सञ्चालक सुभाष आचार्य, सञ्जीवकुमार मिश्र, वडा नं. ४ का वडाध्यक्ष नागेश्वर मण्डल, पलट राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र साह, सञ्चारकर्मी गंगा साह, राजु शर्मालगायतको सहभागिता थियो ।

यस्तै, जिल्लाको विष्णुपुर र रूपनी गाउँपालिकाका ७५ दलित विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । मानव सेवा ट्रस्ट र उपकार सेवा नामक संस्थाले संयुक्त रूपमा जाडोबाट प्रभावित दलित, एकल महिला तथा अतिविपन्न घरपरिवारलाई कम्बल वितरण गरेको हो ।

यस्तै सप्तरीको रूपनी गाउँपालिका–६ का २५ दलित विपन्न परिवालाई कम्बल वितरण गरिएको छ । त्यस्तै, विष्णुपुर गाउँपालिका–७ स्थित रामटोलमा आयोजित कम्बल वितरण कार्यक्रममा मानव सेवा ट्रस्टका अध्यक्ष सुरेश गुप्ता, सदस्य विनोदकुमार विश्वकर्मा र उपकार सेवाका निर्देशक वसन्त खन्डेबाललगायतले सो बस्तीका ५० दलित एवं विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।