बाघको हड्डीसहित पक्राउ

बाघको हड्डीसहित पक्राउ


काठमाडौंको दक्षिणकालीबाट बाघको हड्डीजस्तो देखिने वस्तुसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका–१ बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डीजस्तो देखिने वस्तु ५६ थानसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट संयुक्त रुपमा खटिएको टोलीले शनिबार सविताको घरमा खानतलासी गर्दा सो वस्तु फेलापारेको हो ।

सोही विषयमा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक चोगदे–७ बस्ने २६ वर्षीय अजय गुरुङलाई समेत बल्खुबाट पक्राउ गरिएको छ ।