बेमौसमी पानीले ६ करोड इँटा नोक्सान

बेमौसमी पानीले ६ करोड इँटा नोक्सान


लगातार दुई दिनसम्म परेको पानीका कारण कपिलवस्तुमा करिब ६ करोड इँटा नोक्सान भएका छन् । बेमौसमी पानी परेका कारण उत्पादन गरी पोल्न तयारीमा राखेका काँचो इँटा पानीले बिग्रिएपछि उद्योगीले ठूलो नोक्सानी व्यहोर्नुपरेको नेपाल इँटा व्यवसायी संघका प्रथम उपाध्यक्ष सफरअली मियाँले जानकारी दिए ।

शिवराज नगरपालिकामा रहेको लोकप्रिय इँटा उद्योगमा मात्र शुक्रबार र शनिबार परेको पानीले ६ लाख इँटा नोक्सान भएका उद्योगी जमसेर अलीले बताए । कुल ६७ सञ्चालनमा रहेका इँटा उद्योगमा नोक्सानी भएको केन्द्रीय उपाध्यक्ष मियाँले बताए ।

काँचो इँटा बनाउन मात्र माटो, श्रमिक, कैलालगायत लागतअनुसार प्रतिगोटा रु. तीनदेखि चार खर्च हुने उनको भनाए छ । सो नोक्सानीले जिल्लामा इँटाको अभाव हुने र मूल्यमा समेत वृद्धि हुने सम्भावना बढेको छ ।