न्याय सम्पादनमा ध्यान दिन सभामुखको अनुरोध

न्याय सम्पादनमा ध्यान दिन सभामुखको अनुरोध


प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालको कानून उत्कृष्ट भएकाले न्याय सम्पादनमा विशेष ध्यान दिएर काम गर्न अनुरोध गरेका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरद्वारा आयोजित न्यायिक समितिका पदाधिकारीका लागि दुईदिने पूनर्ताजगी तालीमको उद्घाटन गर्दै उनले प्रदेशले २५ ऐन निर्माण गरेको बताए । ‘हामीले बनाएका कानून जनहितका लागि हो र तपाईंहरुमार्पmत हुने फैसला पनि जनहितमा नै हुनुपर्छ’, उनले भने ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितको स्थानीय तहलाई व्यवस्थित ढङ्गले परिचालन गर्न सके राम्रो हुन्छ भने । जिससका उपप्रमुख भगवती पुडासैनीले न्यायिक समितिलाई बहस र फैसलाका तौरतरिकाका बारेमा सहजीकरण गर्न तालीम आयोजना गरिएको बताइन् । तालीममा १० स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा प्रदेश सरकारले नियुक्त गरेका कानूनी सहजकर्ताको सहभागिता छ ।