पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा फुटसल प्रतियोगितामा मकवानपुर र काठमाडौंले माघ १३ गते आइतबार उपाधि जितेका छन् । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा बालुवाटारस्थित फुटसल मैदानमा भएको प्रतियोगितामा मकवानपुरले पुरुष तथा काठमाडौंले महिला उपाधि जितेका हुन् ।
पुरुष फाइनलमा मकवानपुरले काठमाडौंलाई २–० गोलले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा काठमाडौंले कास्कीलाई ३–० गोलले हरायो । विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेलले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया