सैनिक महाविद्यालयको आयोजनामा दोस्रो प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगिता– २०७५ शुभारम्भ भएको छ । उक्त प्रतियोगिताको माघ १३ गते आइतबार सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाले उद्घाटन गरेकी छिन् । प्रतियोगितामा विभिन्न विद्यालय तथा डोजाङका खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा फाइटिङतर्फ १३ तौल समूह र पुम्सेतर्फ एन्जल ग्रुपगरी २ समूहमा खेलाइनेछ । प्रतियोगितामा २८ विद्यालय तथा डोजाङबाट २०१ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा १७ स्वर्ण, १७ रजत र ३४ कांस्य पदकको लागि प्रतिस्पर्धा हुनेछ ।
आ–आफ्नो डोजाङका खेलाडीले प्राप्त गरेको पदक तालिकाको आधारमा टिम प्रथम, टिम द्वितीय र टिम तृतीयको ट्रफी प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने जुनियर तौल समूह र सिनियर तौल समूहतर्फको एकजना खेलाडीलाई ‘बेस्ट प्लेयर’को ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतिक्रिया