अख्तियारकै असइ घुस लिएको अभियोगमा पक्राउ

अख्तियारकै असइ घुस लिएको अभियोगमा पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा आयोगमै कार्यरत प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।

आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीमाथि आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखिदिने भन्दै एक सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेको अभियोग लागेको छ ।

आयोगले सहायक निरीक्षक अधिकारीलाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोस्टबाट पक्राउ गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।