फ्रान्सको पेरिसमा हुने पारालिम्पक गेम्स– २०२४ मा पनि पारा तेक्वान्दो समावेश हुने भएको छ । अन्तर्राष्ट्रिय पारालिम्पक कमिटी (आईपीसी) को हालै बसेको बैठकले पारा तेक्वान्दोसहित अन्य २१ खेललाई पारालिम्पक गेम्स– २०२४ मा समावेश गर्ने निर्णय गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ ।
सन् २०२० मा जापानको टोकियोमा हुने पारालिम्पक गेम्समा पनि पारा तेक्वान्दोलाई समावेश गरिसकिएको छ । विश्व तेक्वान्दो महासंघका अध्यक्ष छुङवन छोउले पारा तेक्वान्दोलाई विश्वास गरी समावेश गरिएकोमा आईपीसीलाई धन्यवाद दिँदै निर्णयको स्वागत गरेका छन् ।
प्रतिक्रिया