तनहुँको डुम्रे क्षेत्रमा १० दिनसम्म बिद्युत कटौती

तनहुँको डुम्रे क्षेत्रमा १० दिनसम्म बिद्युत कटौती


तनहुँको डुम्रे क्षेत्रमा १० दिन बिजुली नआउने भएको छ । मध्यमस्र्याङ्दी–डुम्रे–दमौली १३२ केभी प्रसारण लाइनको दमौली–डुम्रे खण्डमा तार तान्न नेपाल विद्युत प्राधिकरणले सेवा अवरुद्ध गर्न लागेको हो ।

डुम्रे सबस्टेसनको पोखरीछाप र गोरखा गरी २ वटा फिडरको सेवा काटिएको प्राधिकरणको तनहुँ वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मंगलबारबाट काटिएको बिजुली आगामी माघ २५ गते (शुक्रबार) बाट सुचारु हुनेछ । १० दिनसम्म बिहान १० देखि साँझ ५ बजेसम्म दैनिक ७ घन्टा सेवा अवरुद्ध हुनेछ ।

सेवा अवरुद्ध हुँदा पोखरीछाप फिडर अन्तर्गत पर्ने भन्सार, सेपाँबगैचाँ, कल्याणटार, नारेश्वरटार, पोखरी भञ्ज्याङ, बसन्तपुर, तुरतुरे र गोरखा फिडर अन्तर्गत पालुङटार क्षेत्र प्रभावित हुने बताइएको छ । उता, सिन्धुलीमा पनि बिहीबार (भोलि) १० घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण ढल्केबर ग्रिड शाखाले ढल्केबर सबस्टेसनमा ३३ केभी कन्ट्रोल तथा रिले प्यानल बदली गर्न सेवा अवरुद्ध गर्न लागेको हो ।