चितवनमा भरतपुर महानगरपालिकाले दिएको जग्गामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ । बुधबार धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको घोषणा गरेका हुन ।
बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । रङ्गशाला निर्माण गर्न यसअघि धुर्मुससहित प्राविधिकको टोलिले रङ्गशाला बनाउने स्थान खोज्न लामो समय खर्चिएका थिए ।

अन्तिममा फाउन्डेशनले चितवनस्थित त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गामा रंगशाला बनाउन अनुमति पाएको हो । कृषि तथा वन विश्वविद्यालयले २० विगाह ८ कठ्ठा क्षेत्रफल उपलब्ध गराएको फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताउनुभयो । यो रङ्गशालाको नाम नाम गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला हुनेछ भने यो लगभग ३ अर्बको लागतमा निर्माण सम्पन्न हुनेछ ।
रङ्गशालाको डीपीआर चार महिनामा बनिसक्ने उद्घोष गरिएको छ । रंगशालाको थ्रीडी डिजाइन भने तयार भईसकेको छ । सोचेअुसार नै काम भए २ वर्षभित्र नेपालले पहिलो आधुनिक क्रिकेट रंगशाला चितवनमा पाउनेछ ।
रंगशाला निर्माण गर्न यसअघि ललितपुरको गोदावरी, पोखरा लगायतका स्थानमा जग्गा पहिचान भए पनि प्राविधिक कारणले नहुने देखिएपछि कहाँ निर्माण गर्नेबाारे अन्योल परेको थियो ।
प्रतिक्रिया