नेपाली नागरिकता लिने भारतीय कारागार चलान

नेपाली नागरिकता लिने भारतीय कारागार चलान


झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका एकजनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाएको छ ।

भारत घर भई सुनसरीको हरिनगर गाउँपालिका– ३ गौतमपुरबाट झुटो विवरण पेस गरेर नागरिकता लिएका गुरुदयाल साह भन्ने सन्तोषकुमार साहलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको हो ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकरबहादुर राईको इजलासले साहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । साहलाई नागरिकता ऐन २०६३ को दफा २१(१) बमोजिम पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा पठाइएको वादी नेपाल सरकारको तर्फबाट बहस गरेका अधिवक्ता शंकरप्रसाद पोखरेलले जानकारी दिए ।