प्रेमिकाले विष सेवन गर्न नमानेपछि….

प्रेमिकाले विष सेवन गर्न नमानेपछि….


इलाममा आफ्नै प्रेमिकालाई विष सेवन गर्न नमानेको भन्दै प्रेमीले निर्घात कुटपिट गरेका छन् । इलामको सन्दकपुर–३ की ती युवतीलाई विष खान नमानेको भन्दै प्रेमी सागर सुवेदीले कुटपिट गरेका हुन् ।

प्रेमिकालाई स्थानीय जंगलमा लगेर आफूसँगै विष सेवन गर्न सुवेदीले प्रस्ताव गरेकोमा नमानेपछि कुटेर घाइते बनाएर जंगलमै छोडेर हिँडेका थिए । स्थानीयले युवतीलाई जंगलमा घाइते अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

जंगलबाट उद्धार गरिएकी युवतीको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ भने प्रेमी सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकोे छ ।