जेकेएस कप कराते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराते डो संघ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली माघ १७ गते बिहीबार यूएई प्रस्थान गरेको छ ।
फेब्रुअरी १ तारिखमा हुने प्रतियोगितामा गगन पुन, डिगम्बरप्रसाद पन्त, राम तामाङ, लक्ष्मण तामाङ, सागर शाही, सुशील पौडेल, कृष्ण विष्ट, रोहित बुढाथोकी, सुजन श्रेष्ठ, फिन्चोकदोर्जे लामा र पाल्मो लामाले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा गजेन्द्र साउद र विनोद शाक्य गुभाजू, व्यवस्थापकमा सिर्जना ढुंगाना र गणेशप्रसाद अर्याल तथा निर्णायकमा सिर्जना अधिकारी र हीरादेवी राई छन् । टोलीलाई सफलताको शुभकामना दिँदै पूर्वमन्त्री लेखराज भट्टले बिदाइ गरेका थिए ।
प्रतिक्रिया