तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहितको नौ सदस्यीय नेपाली बादोरियो कराते टोली माघ १७ गते बिहीबार भारतको भिषकापटनम प्रस्थान गरेको छ ।
खेलाडीहरूमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेस गर्नेछन् । टोलीनेतामा नेपाल बादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, व्यवस्थापकमा लवली थापा तथा निर्णायकमा पुरुषोत्तम पोखरेल र अंकध्वज परियार रहेका छन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बिदाइ गरे । प्रतियोगिता फेब्रुअरी १ देखि ३ तारिखसम्म हुनेछ ।
प्रतिक्रिया