प्रदेश ३ खेलकुद परिषदले दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो भएको प्रदेश ३ टोलीलाई माघ १६ गते बुधबार नगदसहित सम्मान गरेको छ । प्रतियोगिता माघ १ देखि ५ गतेसम्म पोखरामा भएको थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ खेलकुद परिषदका संयोजक सुदिल शाहीले १३ खेलाडी तथा समान १–१ प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी १६ जनालाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरी सम्मान गरे । टिम प्रशिक्षकमा कुमार राई, सहायक प्रशिक्षकमा सुनकेशरी माली र व्यवस्थापकमा प्रदेश ३ खेलकुद परिषदका कार्यालय प्रमुख लीलाराम बस्नेत छन् ।
प्रतिक्रिया