इनोभेटिभ बास्केटबल माघ १८ देखि

इनोभेटिभ बास्केटबल माघ १८ देखि


इनोभेटिभ इंग्लिस स्कुलको आयोजनामा आठौँ इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता माघ १८ गत शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर छात्रतर्फ १३, जुनियर छात्रमा १० र सिनियर छात्रामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापाले जानकारी गराए ।

छात्रमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ । समूहको शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । छात्राको प्रतिस्पर्धा राउन्ड रोविन लिगका आधारमा हुनेछ । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टिम उपाधिका लागि पुनः भिड्नेछन् ।

सिनियर छात्रमा एचएचसीए, जुनियर छात्रमा पुष्पसदन र सिनियर छात्रामा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने इनोभेटिभका प्रशासकीय निर्देशक राजेन्द्र चौलागाईंले जानकारी दिए । माघ २४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू बुद्धनगरस्थित आयोजककै कोर्टमा हुनेछन् ।