गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु


गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१ख ४५३४ नम्बरको बसले शुक्रबार बिहान ११ः५५ मा ठक्कर दिँदा रूपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले जानकारी दिए ।

प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । सडकमा हिँड्ने क्रममा विकलाई एक्कासि बसले ठक्कर दिएको थियो ।