न्यु भिजन बास्केटबल माघ २० गतेदेखि

न्यु भिजन बास्केटबल माघ २० गतेदेखि


न्यु भिजन एकेडेमीको आयोजनामा न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता माघ २० गते शनिबारदेखि हुने भएको छ ।

पहिलो संस्करणको प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६ तथा सिनियर छात्रा र जुनियर छात्रमा समान ८–८ टिमको सहभागिता रहने आयोजित पत्रकार सम्मेलनमा न्यु भिजनका प्रिन्सिपल गणेशकुमार भट्टराईले जानकारी गराए । सिनियर छात्रलाई ४ समूह तथा बाँकी दुई स्पर्धाका सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने न्यु भिजनका भाइस प्रिन्सिपल चन्द्रविनोद भट्टराईले जानकारी दिए । माघ २७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू कोटेश्वरस्थित आयोजककै कोर्टमा हुनेछ ।