दुई लाख नगदसहित बाह्र जुवाडे पक्राउ

दुई लाख नगदसहित बाह्र जुवाडे पक्राउ


जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज (काठमाडौं)ले १२ जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका–९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा वृत्तको टोलीले राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङलाई शुक्रबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले तास र कौडा खेलिरहेको अवस्थामा दुई लाख २० हजार ७०५ नगदसहित पक्राउ गरिएको बताए ।

पक्राउ परेकासँग तीन बुक तास र कौडा बरामद गरिएको र पक्राउ परेकालाई जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने कसुरसम्बन्धी अनुसन्धान गरेर मुद्दा चलाउने तयारी भएको वृत्तले जनाएको छ ।