आजको पञ्चाङ्ग एवम् राशिफल (२० माघ २०७५ आइतबार, ३ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० माघ २०७५ आइतबार, ३ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वि.सं. २०७५ माघ २० गते आइतबार तद्अनुसार सन् २०१९ फेब्रुअरी ३ तारिख माघ कृष्णपक्ष चतुर्दशी तिथि उतराषाढा नक्षत बज्र योग ७ः५३ पर सिद्ध योग भद्रा करण १०ः४० पर चतुष्पद करण आनन्दादिमा अमृत योग चन्द्रमा धनु राशिमा विहान ७ः११ पर मकर राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः५२ मा र सूर्यास्त साँझ १७ः४४ मा हुनेछ । शुभ समय अभिजीत ११ः५६ देखि १२ः४०, अशुभ समय राहु काल– १२ः१६ देखि १३ः३७, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । राजकीय कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ–नयाँ संकेत देखापर्ला ।

बृष राशि – शुभतामा वृद्धि हुनेछ । यात्रा होला । धर्मकर्ममा प्रवृत्ति बढ्ला । धन मान सुख समृद्धि बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । धनसित सम्बन्धित काम बन्नेछ । सभा समारोहमा सम्मानित हुनुहुनेछ । पारिवारिक सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

मिथुन राशि – दिन शुभ र भाग्यवर्द्धक कार्यमा मध्यम फलदायक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । धन सम्पत्ति र कार्यव्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै आय वृद्धि हुनेछ, तथापि धैर्य र विवेकले काम गर्नु बेस होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखा परेर आशा उत्साह बढ्ने छ, तर लापर्वाही नगरी काम गर्नु उचित होला । रसरागमा पनि आकर्षण बढ्ला ।

कर्कट राशि – चन्द्रमा राशिदेखि सातौँ स्थानमा भ्रमणशील रहनेछ । यस अवधिभित्र सुख बढ्नेछ र रोग दूर होला । कामकाजमा सफलता मिल्नुसँगै नयाँ–नयाँ काममा सफलता मिल्नेछ । सभासमारोहमा मान पुरस्कार प्राप्त गर्नुहुनेछ । उच्चाधिकारीको सहयोग प्राप्त होला । । साझेदारिसित सम्बन्धित काम बन्नेछ । पारिवारिक सुख–शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख आनन्द बढ्ला ।

सिंह राशि – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । साहसिक काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । धर्म–कर्ममा रुचि बढ्नेछ ।

कन्या राशि – बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । ऐनकानूनलाई उपेक्षा नगर्नु उचित हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला । सवारी साधन चलाउँदा ध्यान राख्नुपर्नेछ ।

तुला राशि – यात्रा होला । भागदौड बढ्ला । आयव्यय भैरहनेछ । समस्याको समाधान मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । हासविलास रुचि बढ्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।

वृश्चिक राशि – चन्द्रमा राशिदेखि तेस्रो स्थानमा भ्रमणशील रहनेछ । यस अबधिभित्र कुनै प्रकारको विकासको रोकिएको काम बन्नेछ । नयाँ कार्यमा सफलता मिल्नेछ । यात्रापरक कार्य बन्ला । हाकिमको साथ मिल्ला । विजयको सम्भावना देखापर्ला । आरोग्यता बढ्नेछ । साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य आदिसित सम्बन्धित कार्यमा सफल हुनहुनेछ । यात्रा आर्यवर्द्धक बन्नेछ । ऐश्वर्य वृद्धि होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

धनु राशि – मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । धर्म–कर्मसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर राशि – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा बृद्धि होला । शत्रुलाई जीत्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । विवाद आदिमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कुम्भ राशि – प्रेमपथमा सफलता मिल्नेछ । खर्च बढ्ला । भागदौड चलिरहला । इष्टमित्रको सहयोग प्राप्त होला । शैक्षिक र रचनात्मक काम बन्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । भोगविलासप्रति रुचि बढ्ला । इष्टमित्र र सन्तानबाट सुख मिल्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु शुभ होला ।

मीन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता पाउनु हुनेछ । रसरागमा रुचि रहला । अनावश्यक खर्च र अनावश्यक यात्रामा नियन्त्रण आउनेछ । आयस्रोत बढ्ला । स्वाथ्यमा सुधार होला । विजयश्री मिल्नेछ । रोकिएको काम बन्ने र उधारो लगाइएको धन उठ्नेछ ।

साताको राशि पनि हेर्नुहोस् –

साताको राशिफल (१९–२५ माघ २०७५ । सन् २०१९ फेब्रुअरी २ देखि ८ तारिखसम्म)
https://ghatanarabichar.com/136034