महिला चेतनाका लागि जागरण कार्यक्रम

महिला चेतनाका लागि जागरण कार्यक्रम


कुनै पनि महिला शिक्षाको ज्योतिबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले महिला रोटरी, अन्तर्राष्ट्रिय रोटरी डिष्ट्रिक ३२९२ नयाँ पुस्ता र थट्फुल स्टेप्स अर्गनाइजेसनको संयुक्त आयोजनमा शुक्रबार राजधानीमा जागरण संवाद कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रम गोंगबुमा रहेको चेतना महिला माध्यमिक विद्यालयमा रोटरियन मन्जु कार्की लामिछाने, थट्फुल स्टेप्स अर्गनाइजेशनका अध्यक्ष गंगाकुमारी लिम्बूले प्रकाश पारेको उक्त कार्यक्रममा लैंगिक समानता र महिला विकासका लागि विज्ञ शरु जोशी श्रेष्ठ र युवा (डी.क्यू) सम्बन्धी विज्ञ रवीन्द्र वासुकला प्रमुख वक्ताका रूपमा रहेका थिए ।


गोंगबुमा रहेको चेतना महिला माध्यमिक विद्यालयमा पाँचजना विद्यार्थीबाट ०६२ सालमा शुरु गरिएमा हाल ३०० जना विद्यालय गएर शिक्षा आर्जन गर्न नपाएका महिला अध्ययनरत रहेको सो अवसरमा जानकारी गराइयो । भविष्यमा देशका सबै जिल्लामा यो कार्यक्रम विस्तार गरी कलेजस्तरको शिक्षा लिने सो कार्यक्रममो लक्ष्य रहेको छ ।

सोसल मिडियाबारे राम्रो ज्ञान नहुँदा समाजमा कस्ता घटना घटिरहेका छन्, यसले समाजमा कस्ता विकृति निम्त्याएको छ, घरपरिवार कसरी विखण्डित भएका छन् र यसलाई न्यूनीकरण गर्न के–कस्ता ज्ञान, विधि अपनाउनुपर्छ भन्नेबारे रवीन्द्र वासुकलाले प्रस्ट्याएका थिए । कार्यक्रममा लैंगिक समानता र महिला विकासविज्ञ शरु जोशी श्रेष्ठले महिलालाई चुलोचौकामा मात्र सीमित नभई राज्यले दिएको अधिकार र सुविधा प्रयोग यस्ता जागरण कार्यक्रमले सहयोग पु¥याउने बताइन् ।

सो विद्यालयमा अध्ययन गरी ०६७ देखि हालसम्म २०३ जनाले एसएलसी उत्तीर्ण गरी केहीले कलेजको शिक्षा पनि लिइरहेको सो अवसरमा जानकारी गराइयो । विद्यालयलाई हरतरहले सहयोग पु¥याउने शरु जोशी श्रेष्ठ, रवीन्द्र वासुकला र फोटो पत्रकार प्रबिन श्रेष्ठलाई सो अवसरमा रोटरीद्वारा सम्मनित भएका थिए ।

राजधानीको गोंगबुमा रहेको चेतना महिला माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रम महिला रोटरीकी अध्यक्ष रमा कँडेलको अध्यक्षता र नयाँ पुस्ताकी अध्यक्ष सीता रूपाखेतीको सञ्चालनमा सम्पन्न भएको थियो ।